स्पेनको उत्तर–पूर्वी क्षेत्रमा भीषण डढेलो: २,३०० हेक्टर वन क्षेत्र खरानी, १० हजार स्थानीय प्रभावित
काठमाडौं । स्पेनको उत्तर–पूर्वी क्षेत्र क्याटालोनियामा लागेको भीषण डढेलो नियन्त्रण बाहिर पुगेको छ । शुक्रवार साँझदेखि सुरु भएको यस डढेलोले हालसम्म करिब २,३०० हेक्टर जमिन नष्ट गरिसकेको छ । जिरोना प्रान्तका विभिन्न नगरपालिकाहरूका करिब १० हजार बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छभने अन्य नागरिकलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।
