सहआयोजक मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा
काठमाडौं । सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ । मेक्सिको अज्टेका स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरे । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले १–१ गोल गरे ।
