SHARE
लोक पथ · आइबार​ २१ असार २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

कांग्रेसले क्रियाशील सदस्यताकाे लागि फेरि थप्याे समय

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने मिति फेरि थप गरेको छ । महामन्त्री प्रदीप पौडेलले नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको जानकारी दिएका हुन् । ‘कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको छ,’ उनले भने ।