कान्ति लोकपथमा रातिको समयमा सवारी चलाउन रोक
काठमाडौं । स्थानीय प्रशासनले मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार आज रातिदेखि अर्को सूचना जारी नभएसम्म कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक तथा निजी यात्रुबाहक सवारीसाधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नपाइने भएको हो ।
