पानी परेसँगै डेंगुको जोखिम बढ्यो, सतर्कता अपनाउन स्वास्थ्य महाशाखाको आग्रह
काठमाडौं । मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमणको जोखिम बढ्न थालेको भन्दै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालले लगातार वर्षा हुन थालेपछि पानी जम्ने स्थानमा डेंगु सार्ने लामखुट्टे बढ्ने भएकाले सङ्क्रमणको जोखिम पनि बढ्ने बताएका हुन् ।
