हामीलाई भूराजनीतिक संघर्षले निरीह बनायो: प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई जेनजी आन्दोलनको समयमा भूराजनीतिक संघर्षले निरीह बनाएको टिप्पणी गरेका छन् । आइतबार पार्टीको उपत्यका समितिले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको बेला आफूहरूलाई पार्टीको नेता, कार्यकर्ताले नबचाएको गुनासो गरेका हुन् ।
