बालेनभन्दा ओली नै हामीलाई सिध्याउन बढी लागेका थिए : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कमजोर बनाउन सबै शक्ति प्रयोग गरे पनि सफल हुन नसकेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आफूलाई राजनीतिक रूपमा सिध्याउने सामर्थ्य नरहेको टिप्पणी गरे ।
