SHARE
लोक पथ · आइबार​ २१ असार २०८३ ११:११ AM · 1 मिनेट पढाइ

निजी क्षेत्रको आग्रह- ‘लगानी बढाउने खालको मौद्रिक नीति ल्याऔँ’

काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरे ले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामै रहेको भन्दै आगामी मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने गरी लगानीमैत्री व्यवस्था ल्याउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा आगामी मौद्रिक नीतिबारे भएको छलफलमा उनले न्यून ब्याजदर कायम भए पनि निजी क्षेत्रबाट कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेको बताएका हुन् ।