सिक्टा सिँचाइको प्रगति सुस्त, मन्त्री श्रेष्ठद्वारा समयमै सम्पन्न गर्न निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण प्रगति अपेक्षाअनुसार हुन नसकेको भन्दै समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । आइतबार आयोजनाको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले बाँकेको कृषि उत्पादन र खाद्य सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिएको आयोजनाको काममा ढिलाइ हुन नहुने बताए ।
