मौद्रिक नीति लचिलो आउँछ, कसिलो गर्नुपर्ने कुनै कारण छैन : महाप्रसाद अधिकारी
काठमाडौं । पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक आधारभूत अवस्था सबल रहेकाले आगामी मौद्रिक नीति लचिलो (एकोमोडेटिभ) हुने बताएका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा आगामी मौद्रिक नीतिबारे भएको छलफलमा उनले वर्तमान आर्थिक सूचकहरूका आधारमा मौद्रिक नीति थप कसिलो बनाउने आवश्यकता नरहेको बताएका हुन् ।
