SHARE
लोक पथ · आइबार​ २१ असार २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

डोल्पामा मध्यराति पहिरोसहितको बाढी बस्तीमा : एक जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि आएको लेदोसहितको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय करिब ५५–५६ वर्षीया आनन्दा विक रहेकी छन् । आइतबार बिहान करिब ३ बजे धुलाखोलामा आएको हिलोसहितको बाढी बस्तीमा पसेपछि घरभित्र सुतिरहेकी उनी पुरिएकी हुन् ।