निजी क्षेत्रलाई राहत दिने मौद्रिक नीति ल्याउन महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले आगामी मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा रहेको बताएका छन् । उनले बजेटबाट सम्बोधन हुन नसकेका विषयहरू मौद्रिक नीतिमार्फत समेट्दै अर्थतन्त्रलाई चलायमान बनाउने खालको नीति ल्याउन सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।
