SHARE
कालिका खबर · आइबार​ २१ असार २०८३ ०४:३४ AM · 1 मिनेट पढाइ

अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव : ट्रम्पले भने– अमेरिका विश्वको गौरवको प्रतीक

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आज स्वतन्त्रताको २५० औं वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा आज अमेरिकाको पेन्सिलभेनिया, न्युयोर्क र वासिङ्टन डिसी लगायत सबै राज्यमा परेड, ऐतिहासिक कार्यक्रम र  सांगीतिक कन्सर्टहरू आयोजना भइरहेको छ । यसैबीच, वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधन सुरु भएको छ । राष्ट्रपति ट्रम्पले विगत साढे दुई शताब्दीदेखि अमेरिका विश्वका लागि आशा, विश्वास, प्रकाश र गौरवको प्रतीक रहँदै आएको दाबी गरे । उनले भने, ‘भगवानको कृपाले हामी भविष्यमा पनि यस्तै रहनेछौँ र वास्तवमा, अझ उत्कृष्ट बन्नेछौँ ।