SHARE
कालिका खबर · बुधबार १० मंिर २०८३ ०३:०६ PM · 1 मिनेट पढाइ

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै कृषि मन्त्री गीता चौधरीको राजीनामा माग गरेका छन्। रौतहटको मौलापुर नगरपालिका–गम्हरियामा नवनिर्मित आधुनिक विद्यालय भवनको आज (बुधबार) उद्घाटन गर्दै अध्यक्ष साहले कृषि मन्त्रीले किसानका आधारभूत समस्या समेत समाधान गर्न नसकेको आरोप लगाउँदै नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।