SHARE
कालिका खबर · बुधबार १० मंिर २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

कुमारी बैंक भिसा इन्टरनेशनलद्वारा दुई विधामा सम्मानित

काठमाडौं । भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’मा कुमारी बैंक लिमिटेडको सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसाय क्षेत्रमा हासिल गरेको उल्लेखनीय कार्यसम्पादनलाई उच्च रूपमा मूल्याङ्कन गर्दै सम्मान गरिएको छ । विगतका वर्षहरूमा झैं यस वर्ष पनि कुमारी बैंक ‘एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ तथा ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड्स बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा सम्मानित भएको हो । लगातार तीन वर्षदेखि प्राप्त गरेको यस सम्मानले अन्तर्राष्ट्रिय भुक्तानी सेवाको विस्तार, सीमापार कारोबारको प्रवद्र्धन तथा ग्राहक केन्द्रित कार्ड सेवामार्फत कुमारी बैंकले हासिल गरेको व्यवसायिक उत्कृष्टतालाई प्रतिबिम्बित गरेको बैंकले जनाएको छ ।