SHARE
कालिका खबर · बुधबार १० मंिर २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–२ सराबेस्थित सडकमा म.प्र.०२–००१ त ३१९९ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार हंसपुर नगरपालिका–९ रूदौली बस्ने राम कुमार मण्डलका छोरा १४ वर्षीय जिसान्त कुमार मण्डलको मङ्गलबार दिउँसो मृत्यु भएको छ । ट्याक्टर ब्याक गर्ने क्रममा लडेर ट्याक्टरको चक्काले किच्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।