कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । हिजो मंगलबारबाट सुरु भएको बैठकमा बैठकको सभापति गगन थापाले समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गरेका थिए । त्यसपछि महामन्त्री प्रदीप पौडेलले बैठकका लागि विभिन्न कार्यसूची प्रस्तुत गरेका थिए । बैठकमा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बुढीगण्डकी विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापन र नागरिक सरोकारका विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ ।