SHARE
लोक पथ · आइबार​ २१ असार २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो ।