SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०२:५२ AM · 1 मिनेट पढाइ

म्यानमारको प्रसिद्ध स्वेडागन प्यागोडामा पर्यटकको आकर्षण बढ्दो

एजेन्सी । म्यानमारको ऐतिहासिक एवं प्रसिद्ध स्वेडागन प्यागोडा (गोल्डेन प्यागोडा) मा चालु वर्षको पहिलो ६ महिनामा पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । प्यागोडा बोर्ड अफ ट्रष्टीका सदस्य उ बो थिनले दिएको जानकारीअनुसार जनवरीदेखि जुनसम्मको अवधिमा ३८ लाख ७० हजारभन्दा बढी आन्तरिक तथा वाह्य पर्यटकले यस स्थलको भ्रमण गरेका छन् ।