SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

इबोला नियन्त्रणका लागि चिनियाँ विशेषज्ञको दोस्रो टोली कंगो पुग्यो

एजेन्सी । इबोला भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्ने उद्देश्यका साथ चिनियाँ विशेषज्ञहरूको दोस्रो टोली प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) पुगेको छ । महामारी नियन्त्रणका लागि खटिएका विशेषज्ञहरूको यो टोली शुक्रबार कंगोको राजधानी किनशासा आइपुगेको हो । कंगोको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि लुकु मालेयो मारियसले विमानस्थलमा चिनियाँ टोलीलाई स्वागत गरेका थिए ।