SHARE
लोक पथ · आइबार​ २१ असार २०८३ ०२:२७ AM · 1 मिनेट पढाइ

एपीएफ स्कुलको ११ करोड अपचलन प्रकरण : इन्स्पेक्टर गुरुङ र उनका साथी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले कीर्तिपुरमा सञ्चालन गरेको एपीएफ स्कुलको ११ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ र उनकी साथी लीला लामालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । विद्यालयमा लेखा अधिकृत रहेकी इन्स्पेक्टर गुरुङ र उनका साथी लामा मिलेर रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।