नेपाल-बेलायत आर्थिक साझेदारीसम्बन्धी दुई सम्झौतामा हस्ताक्षर
काठमाण्डु – नेपाल र बेलायतबीच आर्थिक साझेदारीको प्रवर्द्धन गर्ने उद्देश्यले दुईवटा छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको छ । बेलायतको लन्डनस्थित नेपाली दूतावासले ‘व्यापार, लगानी, प्रविधि र आउटसोर्सिङमार्फत नेपाल–बेलायत आर्थिक साझेदारीको प्रवर्द्धन’ भन्ने नाराका साथ नेपाल–बेलायत आर्थिक साझेदारी फोरम २०२६ आयोजना गरेको छ। उक्त सम्मेलनमा नेपाल र बेलायतले दुईवटा छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
