SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो ।