SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ १२:४१ AM · 1 मिनेट पढाइ

आजको मौसमः तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ ।