SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०४:१९ PM · 1 मिनेट पढाइ

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा बङ्गाचुली गाउँपालिका–२ मर्पेसका २६ वर्षीया दीपा थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।