SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०३:५३ PM · 1 मिनेट पढाइ

गृहमन्त्री गुरुङद्वारा सुरक्षा व्यवस्थाबारे जानकारी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज विराटनगरमा नेपाल–भारत सीमा सुरक्षाको अवस्था, प्रहरीको भौतिक पूर्वाधार, प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगरको रानीस्थित जोगवनी सीमा नाका, विराटनगर भन्सार कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको स्थलगत निरीक्षणसहित उनले सुरक्षा अधिकारीहरूसँग छलफल गरेका हुन् ।