बालेनको १०० दिनबारे आजपा : अधिकांश क्षेत्रमा असफल
आम जनता पार्टी (आजपा) ले वर्तमान सरकार १०० दिनको अवधिमा अधिकांश क्षेत्रमा असफल भएको निष्कर्ष निकालेको छ । बालेन नेतृत्वको सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै आजपाले सुशासन, सामाजिक न्याय, राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्रलगायतका अधिकांश क्षेत्रमा सरकार असफल भएको निष्कर्ष निकालेको हो । आजपाले सार्वजनिक गरेको ‘सरकारको समीक्षा’ दस्तावेजमा सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाह, सामाजिक न्याय र आर्थिक सुधारका क्षेत्रमा अपेक्षाअनुसार काम गर्न नसकेको उल्लेख छ ।
