SHARE
मकालु खबर · शनिबार २० असार २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

सरकारले सय दिनमा आशा जगाउन सकेन: स्वतन्त्र नागरिक अभियान

काठमाडौं । वर्तमान सरकारप्रति नागरिकको ठूलो आशा रहेपनि सरकारको सय दिनले नागरिकमा आशा जगाउन नसकेको सरोकारवालाहरूले बताएका छन् । सरकारको १०० दिनको समीक्षा गर्दै स्वतन्त्र नागरिक समाजले शनिवार माइतीघरमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले सरकारले अपेक्षित काम गर्न नसकेको टिप्पणी गरेका हुन् । यद्यपि केही सुधारका थालनीहरु भने भएको उनीहरूको भनाई छ ।