SHARE
लोक पथ · शनिबार २० असार २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा-वीरगन्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका वाड नं १५ को रातोमाटे चेक प्वाइन्ट नजिकै बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्याललय मकवानपुरका अनुसार दुर्घटनामा परेका यात्रुहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।