SHARE
लोक पथ · शनिबार २० असार २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

आर्थिक वर्ष सकिन लाग्दा पनि लुम्बिनी सरकारको बजेट खर्च आधाभन्दा कम, कहाँ चुक्यो ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म कूल बजेटको ४७.२० प्रतिशत खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार चालु आवका लागि ३८ अर्ब ९१ करोड बजेट विनियोजन गरिएकोमा जेठसम्म १८ अर्ब ३६ करोड ४८ लाख ४३ हजार ६४८ खर्च भएको हो ।