बजेटका पक्षमा मतदान गर्न कांग्रेस सांसदलाई ‘ह्विप’
मकवानपुर – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको शनिबार हेटौँडामा भएको बैठकले प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको बैठकमा पार्टी महामन्त्री गुरुराज घिमिरे आमन्त्रित सदस्यका रूपमा सहभागी भएका थिए ।
