SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

सम्पती शुद्धीकरण विधेयक संसदीय समितिमा लैजान सांसद झाँक्रीको माग

काठमाडौं । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) सम्बन्धी विधेयकलाई गहन छलफलका लागि संसदीय समितिमा पठाउन माग गरेकी छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद झाँक्रीले संसद्लाई छलेर अध्यादेशमार्फत कानुन ल्याउने सरकारको कार्यशैलीप्रति आपत्ति जनाइन् ।