सम्पत्ति शुद्धीकरण विधेयक हतारमा ल्याइएको भन्दै सांसदहरूको आलोचना
काठमाडौं । सांसदहरूले सरकारले संसदलाई छलेर अध्यादेशमार्फत विधेयक ल्याएको र यसले विद्यमान कानुनी संरचनालाई कमजोर बनाउन खोजेको भन्दै आलोचना गरेका छन् । शनिवारको राष्ट्रिय सभा बैठकमा बोल्दै काँग्रेस सांसद खम्मबहादुर खाती र नेकपा एमाले सांसद सोमनाथ पोर्तेलले संसदलाई छलेर अध्यादेशमार्फत विधेयक ल्याउनु विद्यमान कानुनी संरचनालाई कमजोर बनाउनु भएको बताएका हुन् ।
