SHARE
लोक पथ · शनिबार २० असार २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

बागमती बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । शनिबार हेटौँडामा दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले बजेटको पक्षमा एकमत भएर मतदान गर्ने निर्णय गर्दै ह्विप जारी गरेको हो ।