पोखरा विमानस्थल निर्माणमा कुनै भ्रष्टाचार भएको छैन : महानिर्देशक अधिकारी
पोखरा, ४ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १५ अर्ब रुपैयाँ भ्रष्टाचार भएको भन्दै संसदीय उपसमितिले सार्वजनिक गरेको प्रतिवेदनप्रति तीव्र आपत्ति जनाउनुभएको छ । मंगलबार पोखरा विमानस्थलमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले यस्तो प्रतिवेदन राजनीतिक पूर्वाग्रह र तथ्यहिन आरोपमा आधारित रहेको बताउनुभयो ।
