राष्ट्रियसभाको बैठक सुरु, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
