विकास निर्माण, प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सांसदहरूको ध्यानाकर्षण
काठमाडौं । सांसदहरूले मुलुकको समसामयिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको शनिवार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले वर्षायाममा कर्णालीको सडक समस्या, सवारी दुर्घटना, मल खरिदमा देखिएको अनियमितता र शिक्षा–स्वास्थ्यको क्षेत्रमा रहेका बेथितिका विषयमा आवाज उठाएका हुन् ।
