मोरङ प्रशासनको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले भने– ‘प्रहरीका जीर्ण भवन सुधार्छौँ’
विराटनगर । गृहमन्त्री सुधन गुरुङ शनिबार बिहान विराटनगर पुगेका छन् । जिल्लाको सुरक्षा अवस्था र सेवा प्रवाहको जानकारी लिन उनी मोरङ आएका हुन् । विराटनगर पुगेपछि गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।
