महालक्ष्मी विकास बैंकद्वारा पाँच विपन्न विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ छात्रवृत्ति
काठमाडौं । महालक्ष्मी विकास बैंकले पाँच जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले विभिन्न समयमा आफूमा एकीकृत भएका संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ, हरिप्रसाद गिरि, अशोक श्रेष्ठ, नवराजबहादुर सिंह र सीताराम प्रसाईको स्मृतिमा ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ स्थापना गरेको हो ।
