पूर्वाधारमन्त्री लम्सालले गरे कोरला सडकको निरीक्षण
मुस्ताङ- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको अनुगमन तथा निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मुस्ताङ पुगेका छन्। शुक्रबार बेनी-जोमसोम सडकमार्ग हुँदै मन्त्री लम्साल र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री खड्कराज पौडेल (गनेश), मन्त्रालय र विभिन्न विभागका प्रतिनिधि उक्त सडकखण्ड अवलोकनका लागि पुगेको कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए।
