SHARE
हाम्रो सम्बाद · बिहीबार ५ भौ २०८२ ०६:३६ AM · 1 मिनेट पढाइ

दार्चुलामा जिप दुर्घटना : ११ जना घाइते, चारको अवस्था गम्भीर

खलङ्गा, ५ भदौ । दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा ११ जना घाइते भएकामध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद