SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं । नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन गरेको छ । समितिको संस्थापक अध्यक्षमा गणेशप्रसाद गुरागाईं सर्वसम्मत चयन हुनुभएको छ । यसअघि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौं महानगर कमिटीको अध्यक्ष भइसकेका गुरागाईंको नेतृत्वमा २७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको महासङ्घले जनाएको छ ।