SHARE
लोक पथ · शनिबार २० असार २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

रास्वपाभन्दा बढी जनसमर्थन २०७४ मै एमालेले पाएको थियो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनसमर्थन आफ्नो पार्टीका लागि नयाँ विषय नभएको बताएका छन् । उनले २०७४ सालको निर्वाचनमै एमालेले रास्वपाभन्दा बढी लोकप्रिय समर्थन हासिल गरेको दाबी गरेका हुन् ।