SHARE
लोक पथ · शनिबार २० असार २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

किन भटे शेखर कोइराला र विमलेन्द्र निधि ? यस्तो छ कारण

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । शनिबार बानेश्वरस्थित निधि निवासमा भएको भेटमा पार्टीको पछिल्लो राजनीतिक अवस्था र मुलुकको समसामयिक विषयमा करिब एक घण्टा छलफल भएको हो । निधि सचिवालयका अनुसार दुई नेताबीच कांग्रेसभित्र विकसित राजनीतिक परिस्थिति, संगठनात्मक विषय तथा समसामयिक राष्ट्रिय राजनीतिबारे विचारविमर्श भएको थियो ।