भूमि मन्त्रालयको १०० दिन: सहकारीका बचतकर्तालाई २.६३ करोड फिर्ता
काठमाण्डु– भूमि व्यवस्था, सहकारी, संघीय मामिला र तथा सामान्य प्रशासन मन्त्रालयले कार्यकालको पहिलो १०० दिनमा सहकारी सुधार, भूमि प्रशासन, निजामती सेवा र स्थानीय तहको प्रशासनिक व्यवस्थापनमा केन्द्रित विभिन्न काम सम्पन्न गरेको जनाएको छ। मन्त्रालयका अनुसार समस्याग्रस्त सहकारीका १ हजार ७५४ साना बचतकर्तालाई २ करोड ६३ लाख रुपैयाँ फिर्ता गरिएको छ।
