SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

काठमाडौं । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ । सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि छ दिनसम्म सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रम सञ्चालन गरिनेछ । यस अवधिमा इराकमा पनि शोक र्‍यालीहरू आयोजना गरिने कार्यक्रम छ ।