२५०औँ स्वतन्त्रता दिवसअघि ट्रम्पको चेतावनी– ‘अमेरिकी पहिचान जोगाउनुपर्ने’
काठमाडौं । संयुक्त राज्य अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पहिचानमाथि नयाँ चुनौती उत्पन्न भएको दाबी गर्दै देशभित्र कट्टरपन्थी र अतिवादी शक्तिबाट खतरा बढिरहेको बताएका छन् । दक्षिण डकोटास्थित माउन्ट रसमोरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ट्रम्पले अमेरिकी इतिहास, राष्ट्रिय पहिचान र देशभक्तिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
