SHARE
कालिका खबर · शनिबार २० असार २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

बालेन सरकारप्रति बिरामी र कुरुवाको गुनासो : सास्ती उस्तै, व्यवहार रुखो

काठमाडौं । संघीय सरकारको एकसय दिनको कार्यसम्पादन यतिबेला जनचासोको मुख्य विषय बनेको छ । नयाँ सरकार गठन भएसँगै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भएको चर्चा भएपनि वास्तविकता फरक रहेको भुक्तभोगीहरुले बताएका छन् । कतिपय सरकारी अस्पतालहरुमा लाइन उस्तै रहेको, वेड अभाव ज्यूँकात्यूँ रहेको साथै अस्पतालको सेवा प्रवाह एवम औषधि अभावमा कमी नआएको अस्पताल परिसरमा भेटिएकाहरुको अनुभव छ । सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारको एकसय बुँदे कार्यसूचीको बुँदा नम्बर ८५ मा स्वास्थ्य क्षेत्रमा उल्लेख्य र सकारात्मक परिवर्तन देखिएको समाचारहरु आइरहेपनि भुक्तभोगीहरुले फरक अनुभव साटेका हुन् ।