SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज

मुस्ताङ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’ अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकामा निर्माणाधीन चक्रपथसम्पन्न भएसँगै आवागमन सहज भएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको घरपझोङ चक्रपथ सडक आयोजना सात वर्षमा निर्माण सम्पन्न भएको हो ।