SHARE
लोक पथ · शनिबार २० असार २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन चीनका चार बुँदे प्रस्ताव

काठमाडौं । नेपालका लागि चीनका राजदूत झ्याङ माओमिङले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन चार बुँदे प्रस्ताव अघि सारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १०५औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित विशेष विचार गोष्ठीलाई सम्बोधन गर्दै राजदूत माओमिङले दुई देशबीच राजनीतिक, आर्थिक, पूर्वाधार तथा जनस्तरीय सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।